१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी -बालुवाटारमा बिहीबार बसेको नेकपा ओली समूहको बैठक। तस्बिर: सन्जिब बगाले/सेतोपाटीबालुवाटारमा बिहीबार बसेको नेकपा ओली समूहको बैठक।नेपाल कम्युनिष्ट पार्टीका दुबै समूहका केन्द्रीय समिति बैठक अहिले बसिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उनीनिकट केन्द्रीय समिति सदस्यको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा जारी छ। बालुवाटारमा भएको ओली समूहको बैठक खुला चौरमा गरिएको छ। बालुवाटारको चौरमा पाल टाँगेर बैठक गरिएको हो। यसअघि गत मंगलबार उक्त समूहको बैठक बालुवाटारको हलभित्र बसेको थियो।

सोही बैठकमा प्रधानमन्त्री ओलीले थप ५५६ जना केन्द्रीय समिति सदस्य थपेका थिए। केन्द्रीय समिति सदस्य बढी भएपछि आजको बैठक चौरमै गर्नु परेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]