१० चैत्र २०८२, मंगलबार
wait Please...

✍️निखिल राउत

मंगलबार, चैत्र १०, २०८२

सप्तरी — कृषक, उद्यमी तथा सर्वसाधारणलाई लक्षित गर्दै डाक्नेश्वरी नगरपालिकामा “कृषि एक्स्पो–२०८२” आयोजना हुने भएको छ। आयोजकका अनुसार चैत ७ गते बाट संचालन हुने भनिएता पनि मौसम अनुकुल नभएका कारण उक्त एक्स्पो १३ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा , कृषि, उद्योग तथा पशुपालन सम्बन्धी विविध प्रदर्शनी र गतिविधिहरू प्रस्तुत गरिनेछन्।

डाक्नेश्वरी नगरपालिका–५ स्थित पातो बजार, गुदरी हटियामा आयोजना हुने कार्यक्रममा आधुनिक कृषि प्रविधि, कृषि उपकरण, बीउबिजन, मलखाद तथा पशुपालनसम्बन्धी जानकारी र सामग्री प्रदर्शनीमा राखिनेछ। साथै, किसानहरूलाई नयाँ प्रविधि र व्यवसायिक कृषि प्रणालीबारे जानकारी दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रम डाक्नेश्वरी युवा प्रतिष्ठान (DYP) र सप्तरी जिल्ला उद्योग वाणिज्य संघ, राजविराजको संयुक्त आयोजनामा हुन लागेको हो । यता डाक्नेश्वरी नगरपालिकाले सह–आयोजनाको भूमिका निर्वाह गर्नेछ भन्ने मधेश प्रदेश कृषी मन्त्रालय लगाएतकाले समेत सहयोगको भुमिका निर्वाह गरने भएको छ । यता मधेश प्रदेश कृषी बिश्वबिधालयले समेत प्राविधिक रुपमा सहयोग गर्ने भनिएको छ ।

प्रदेश स्तरमा कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त एक्स्पोमा ठूलो संख्यामा किसान तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा समेत गरिएको जानकारी डाक्नेश्वरी युवा प्रतिष्ठान (DYP) का अध्यक्ष अमरेनद्र यादबले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]