१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १७, २०८२

एजेन्सी – कोलकाताको फालपट्टी माछा मार्ने क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। आगो नियन्त्रणमा लिइसकिएको छ।

घटनास्थलबाट २२ जनाको उद्धार गरिएको थियो। अझै पनि केही मानिसहरू भित्र फसेको हुन सक्ने सम्भावना छ। उद्धार कार्य जारी छ।

प्रहरी आयुक्त मनोज वर्माले राति करिब ८:१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए। जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको छ।

अहिलेसम्म १४ वटा शव निकालिएको छ। दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ। आथलागी भने नियन्त्रणमा लिइसकिएको छ।

प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ।

घटनास्थलमा उपस्थित एक व्यक्तिले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको देखिएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]