२६ आश्विन २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २६, २०८३

काठमाडौं – बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशअन्तर्गतका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गोरखाको आरुघाट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडक खण्डहरूमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ मा बाढीले दुईवटा पुल बगाएपछि गोरखा–धादिङ जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल तथा वडा नं. ९ नयाँपुलस्थित गोरखा–आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएपछि आवागमन पूर्ण रूपमा ठप्प बनेको हो ।

यसैगरी बाढी र पहिरोका कारण अन्य चार जिल्लाका मुख्य सडकहरूमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ । बागमती प्रदेशअन्तर्गत धादिङको त्रिभुवन राजपथस्थित धुनिबेंसी नगरपालिका–९ खत्रीपौवामा पहिरो खसेपछि सडक एकतर्फी मात्र चलेको छ ।

त्यस्तै म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा गएको पहिरोका कारण सडक एकतर्फी सुचारु रहेको छ ।

नवलपरासी पूर्वस्थित कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका–०३ जन्ती पहिरोमा खसेको पहिरोले गर्दा सडक एकतर्फी मात्र खुलेको छ, जहाँ ठूला सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन् । मनाङमा पनि बाढीका कारण बेँसीसहर हुँदै खाङसारतर्फ जाने सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ । प्रहरीले अवरुद्ध तथा जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]