
कल्याणपुर सप्तरी – जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा अग्नि पीडितलाई राहत सामग्री सहयोग गरेका छन्।

आगलागी पीडितहरुलाई सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको निर्देशनमा राहत सामग्री वितरण गरिएको छ।
कञ्चनरूप नगरपालिका–१०, बदगामामा बुधबार राति भएको आगलागीबाट प्रभावित १४ घरपरिवारका लागि राहत सामग्री उपलब्ध गराइएको छ । आगलागीबाट घर, खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएपछि पीडित परिवारहरुलाई तत्काल राहतस्वरूप निम्न सामग्री सहयोग गरिएको छ।

राहत सामग्री विवरण: प्रति परिवार पाउने समाग्री
– चामल – १ बोरा
– चाउचाउ – १ कार्टुन
– साडी – २ पिस
– बिस्कुट – २ दर्जन
– कम्बल – २ पिस
– भुजा – १ बोरा
– नुन – २ केजी
– पिउने पानी – २ कार्टुन
विपद्को घडीमा पीडित परिवारहरुलाई राहत, सहयोग र मानवीय साथ प्रदान गर्नु हाम्रो साझा दायित्व हो प्रमुख जिल्ला अधिकारीले बताउनुभयो।