२० मंसिर २०८२, शुक्रबार
wait Please...

अनवर अलि

मंगलबार, जेठ १४, २०८२

बारा – मधेस प्रदेश बाराको कलैयामा जारी मधेश प्रदेश क्रिकेट लिगमा सप्तरीका ब्याटर राहुल बिकको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार बाराको कलैया सिद्वेश्वर खेलमा भएको सेमिफाइनल खेलमा धनुषालाई ३ बिकेट पराजित गर्दै सप्तरी सिनियर क्रिकेट टिम फाइनलमा प्रवेश गरेको हो ।

धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर बिजयी भएको छ । राहुल बिकले ३१ बलमा ४ छक्का र ४ छक्काको मदतले ४८ रन बनाउदै नटआउट खेलेपछि सप्तरी अन्तिम ओभरमा जित निकालेका थिए । सप्तरीको सुरूवात कमजोर रहेको अवस्थामा राहुल बिकले सातौ नम्बरमा ब्याटिङ गर्न आएपछि बिकले उत्कृष्ट प्रदर्शन गरेपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो ।  

सप्तरीले पहिलो ओभरमा रोहन बिकलाई गुमाए सँगै टिम कमजोर अवस्था पुगेका थिए, सुरुवातमा रोहन बिक सँगै अभिषेक कार्की, भोला साह, पप्पु यादब, नितेश यादब सहित ५ जना ब्लाटरले दोहोरो अङ्क पार गर्न सकेका थिए । यसैगरी टिमका लागि कप्तान अमित यादबले ११ रन बनाएका थिए भने वसन्त यादबले नटआउट रहँदै ४ रन बनाएका थिए ।

बलिंग तर्फ धनुषाका रनरूप यादब र अबजित मण्डलले समान्य २/२ बिकेट तथा बिकास सुशलिंग, अखिलेश ठाकुर, बिक्रान्त यादबले १/१ बिकेट लिएका थिए । टस जितेर धनुषा जिल्ला क्रिकेट टिमले २० ओभरमा ९ बिकेट गुमाएर ९८ रनको योगफल खडा गरेका थिए । जसमा अखिलेश ठाकुरले २३ रन, हिमान्सु दतले २१ रन बनाएका थिए ।

बलिंंग तर्फ सप्तरीका नितेश यादबले ३ बिकेट, पप्पु यादब २ बिकेट तथा अजय यादब र बिकास दासले समान १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच सप्तरीका राहुल बिक घोषित भएका थिए । 

ज्येष्ठ १५ गते पर्साको बिरगंजमा बारा र  सप्तरी बिच फाइनल खेल हुने मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]