१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – हुम्ला-सडक मार्गले राष्ट्रिय राजमार्गसँग हुम्ला जिल्लालाई जोड्न नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्ष भयो । हालसम्म नेपाली सेनाले ट्रयाक खोलेको मध्ये ९० प्रतिशत सडकमा गाडी गुड्न थालेको छ । गाडी गुडेसँगै हुम्लाका गाडी गुड्ने आसपासका स्थानीयलाई माल सामान र आवत जावतमा केही सस्तो हुँदा खुसीले स्थानियको मन भुइँमा रहेको छैन । बैचैन छन् । पहिले छिमेकी जिल्ला बाजुरा र मुगुबाट सामान आयात गर्दा केही सस्तो भएको भए तापनि हाल भारी बोक्नु पर्ने झंझटबाट स्थानिय मुक्त मात्र भएका छैनन् उनीहरुले सस्तोमा सामान आफ्नै आँगनमा पुग्दा अति नै हर्षित भएका छन् ।
बाँकी रहेको १० प्रतिशत सडक निर्माणका लागि पनि सेनालाई दिन माग गरेका छन् । ठेकेदारले कामको जिम्मा लगेको भए हाल सम्म १० किलोमिटर मात्रै निर्माण भएको हुने र सडक मार्ग र गाडी गुडेको स्थानियले यो जुनीमा देख्न पाउने सपना मात्र सपनामा मात्रै सिमित हुने रहेको स्थानीय सर्केगाड गाउँपालिका–१ तुम्चका रामजित टमाटाले बताए ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने १ सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक खुलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्मको १ सय २२ किलोमिटर सडकमा ट्रयाक खुलेको नेपाली सेनाले जनाएको छ । ट्रयाक खुलेसँगैयस क्षेत्रमा गाडी गुड्न थालेका छन् ।
यो सडकखण्ड निर्माणका लागि ९ चैत ०७१ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो । कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मिलन कार्कीले सल्ली सल्लासम्म ट्रयाक खुलेको बताए । ‘सल्ली सल्लासम्म १ सय २२ दशमलव ७५ किलोमिटर ट्रयाक खुलेको छ,” इन्जिनियरसमेत रहेका मेजर कार्कीले कारोबार दैनिकसँग भने, ‘खुलालुदेखि जैर खच्चासम्म एक सय १४ किलोमिटर सेनाले पनि तेलसहित गाडी गुडाउने गरेको छ । खच्चादेखि ८ दशमलव ७५ किलोमिटरमा गाडी गुडेको छैन । त्यसमा पनि छिटै गाडी गुड्छ ।’सेनाले १ सय २५ किलोमिटर ट्रयाक निर्माणको जिम्मा पाएको थियो । त्यसमध्ये अब दुई दशमलव दुई किलोमिटर मात्रै बाँकी रहेको मेजर कार्कीले बताए । ‘हामीलाई जिम्मा दिएको सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ, अब २२ सय मिटर बाँकी छ । त्यो पनि छिटै सक्छौँ,’ उनले भने ।अब सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न १५ किलोमिटर मात्रै बाँकी छ । त्यो सडकखण्डको ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । ‘सेना आफ्नो काम सकेर फर्किने तयारीमा छ । अब बाँकी काम पनि सेनालाई दिनुपर्छ,’ अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले भने, ‘ठेकेदारलाई जिम्मा दिए त यो काम पनि कैयौँ वर्ष लाग्छ ।’

बाँकी १५ किलोमिटर सडकखण्डमा पनि सेनालाई नै ट्रयाक खोल्ने जिम्मा दिएमा एक वर्षभित्रै हुम्ला सडक सञ्जालमा जोडिने जनाइएको छ । बाँकी खण्डको काम पनि सेनालाई नै दिए एक वर्षभित्र पूरा हुने निर्माण कार्यदलले जनाएको छ । तर, त्यसको जिम्मा अहिलेसम्म सेनालाई दिइएको छैन ।
पुल बन्यो गाडी गुड्य कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म ट्रयाक खुलेपछि गाडी गुड्न थालेका छन् । गाउँनजिकै गाडी आउन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । गाउँनजिकै गाडी देखेका अदानचुली गाउँपालिका–२ का गोर्ख बुढाले खुसी भएको बताए । कर्णाली चिसापानी हुँदै भारतमा मजदुरी गर्न जाँदा पहिलोपटक गाडी देखेको सुनाउँदै उनले भने, भारत जाँदा गाडी चढेको हुँ । हुम्लामा गाडी चढ्न पाउँछु भन्ने सोचेको थिइनँ । अब गाउँमै गाडी चढ्न पाउने भएका छौँ ।”

गाउँमै गाडी गुडेको देख्दा सपनाजस्तै भएको अदानचुली गाउँपालिकाकै अदानकला महताराले बताइन् । ‘सिमकोट जाँदा भारी बोकेर हिँड्नुपथ्र्यो । अब भारी बोक्ने दुःख सकिएलान्,’ उनले भनिन् । बाँकी काम पनि सेनालाई नै दिनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]