३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – ललितपुरस्थित एक गेष्ट हाउसमा बोलाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको हो ।ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट तीन जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना रहेका छन् ।यता, भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यता, भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]