२६ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एस्टोन भिल्लाविरुद्ध २–१ गोलको जित निकाल्दै शीर्षस्थानमा अंक बराबरी गरेको होयुनाइटेडको जितका लागि एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेले समान १–१ गोल गरे। खेलको ४० औं मिनेटमा मार्सियलले वान विसाखाको पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा युनाइटेड एक गोलले अघि रहे पनि दोस्रो हाफको ५८ औं मिनेटमा भिल्लाका बेट्रान्ड ट्राओरेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरी लगत्तै घरेलु टिमले पेनाल्टीको अवसर पाएपछि युनाइटेडले पुनः अग्रता बनायो। पेनाल्टीर्फत् गोल गर्दै फर्नान्डेलसले युनाइटेडलाई २–१ गोलको जित दिलाए।

जितसँगै युनाईटेडले १६ खेलबाट ३३ अंक बनाएको छ। समान १६ खेलका साथ शीर्षस्थानमा रहेको लिभरपुलको पनि ३३ अंक नै छ।
यता भिल्ला २६ अंकका साथ छैटौं स्थानमा छ।

ईपीएलमा गएराति नै सम्पन्न अर्को खेलमा वेस्ट हामसँग एभर्टन पराजित भएको छ। एभर्टनकै मैदानमा वेस्ट हामले घरेलु टिमविरुद्ध १–० गोलको साँघुरो जित निकालेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]