सप्तरी – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘मलाई माधव नेपालको बारेमा केही भन्नु छैन। उहाँ प्रचण्डको मामुली कार्यकर्ता हुन जानुभएको छ। मलाई पदको लोभ छैन भन्नुहुन्छ। तर मलाई नगद चाहिन्छ पनि भन्नुहुन्छ,’ उनले भने, ‘उहाँको बारेमा म कुनै कमेन्ट गर्दिनँ। बिचरा दुःखी मनमा हुनुहुन्छ। अलिक पछि, समय कति लाग्छ म भन्न सक्दिनँ। आफूले प्रचण्डसँग गरेका सम्झौताले ब्रिफकेस नै भरिएकोसमेत प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘उहाँहरु बहुमत छ भन्दै हुनुहुन्छ। केको बहमत छ? मैले एकता गर्दा पार्टी एकता पार्टीमा माधव गुट छँदैथियो। अनि प्रचण्ड गुट थप्दा उता बहुमत पुग्छ भन्ने थाहा थिएन। पचासौं वर्ष राजनीति गरेर आएको मान्छेलाई त्यतिको तिकडम थाहा थिएन? मैले माओवादीलाई दिएको संख्या एकताका लागि, समृद्धि, देश अघि बढाउनका लागि दिएको थिएँ। तर आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो। आफ्नो मान र अपमान मात्रै हेर्नुभयो। कतिपटक सम्झौता गर्ने। मेरो ब्रिफकेस भनिएको छ। कतिपटक सम्झौता गर्ने?,’ उनको भनाइ थियो।
प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोपसमेत लगाएका छन्।गत ७ गते बसेको प्रचण्ड-नेपाल पक्षको बैठकले माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो। त्यही बैठकले ओलीलाई हटाएको थियो।