
सप्तरी – नेकपा प्रचण्ड–माधव समूह का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रका सांसद कृष्ण भुर्तेल नेकपा केपी ओली समूहमा फर्किएका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव समूहमा लागेका उनि पुनः ओली समूहमा आएका हुन् । चितवन ३ का प्रदेसभा सांसद रहेका उनले बागमती प्रदेश सरकारविरुद्ध लगाइएको अविश्वासकाे प्रस्तावमा गरेको समर्थन समेत फिर्ता लिएका छन् ।
मंगलबार मात्रै उनी प्रचण्ड-माधव सूहको काठमाडौंमा आयोजित प्रदर्शनमा सहभागी भएका थिए । यस्तै कृष्णपुरस्थित पार्टी कार्यालयमा प्रचण्ड माधव समूहद्वारा आयोजित कार्यक्रममा पनि उनि सहभागी भएका थिए । मंगलबार बेलुकी उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको स्रोतले बताएको छ ।
उनले एक्लै प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । उनले आजैदेखि आफ्नो निर्वाचन क्षेत्रमा जबजका पक्षमा अभियान चलाउने बताए । उनले आफू प्रदेश सरकार हटाउने पक्षमा नरहेको समेत दाबी गरेका छन् ।