१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – चट्टान कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आज (बुधवार) देखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तीब्रता पाएको छ ।

मङ्सिर २५ गतेदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत उपल्लाचौर अछेते बिहुँ घोडाबाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक छ घण्टा सडक बन्द गरिएको थियो । सो खण्डमा हुँदै आएको दैनिक छ घण्टा सडक बन्द खुले पनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि २५ गतेदेखि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरिएको थियो । आजदेखि लोकमार्गको अवरोध हटे पनि केही चट्टानको काम बाँकी रहेकाले लामो समय सवारी आवागमनमा बाधा नपर्ने गरी काम गर्न भनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजेसम्म गरी दैनिक छ घण्टा बन्द गरेर चट्टान कटान भइरहेको थियो । चट्टान कडा भएका कारण २० दिनमा नसकिएकाले कामलाई निरन्तरता दिए पनि सवारी आवतजावत गर्न दिइने मध्यपहाडी पुष्पलाल लोकमार्गका इन्जिनीयर उज्ज्वल शर्माले बताए । सवारी साधन कम गुड्ने समयमा चट्टान काट्ने गरी समन्वय भइरहेको शर्माको भनाइ छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय उपलव्ध गराइएको थियो । ठेकेदारले काममा ढिलाइ भएकामा आत्मालोचना गर्दै अबको छ महिनाभित्रै सो खण्ड कालोपत्रे गर्ने गरी कामलाई तीब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]