१७ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – सरकारले कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गर्दा हाल बसोबास गरेको ठेगाना राखेर मात्र फर्म भर्न निर्देशन दिएको छ । बुधबार बसेको सचिवस्तरीय बैठकले हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न निर्देशन दिएको हो ।

हाल बसोबास गरेको ठेगाना उल्लेख नगर्दा कोरोना संक्रमण पुष्टि भएकाहरूको खोजी अनुसन्धान र स्थान विशेष पहिचान गरी गर्नुपर्ने कामहरू गर्न समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यसअघि पनि पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै मन्त्रालयले अबदेखि एकरूपता नभएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । बैठकको निर्णयपछि सबै प्रयोगशालालाई पठाइएको पत्रमा भनिएको छ, ‘नमूना संकलनकै समयमा सम्बन्धित व्यक्तिको हालको बसोबासको ठेगाना नै उल्लेख गरिदिनुहुन र यसमा अन्यथा भई कुनै समस्या वा उजूरीहरू पर्न आएमा नियमानुसार कारबाही समेत हुने सचिवस्तरको २०७७/९/१५ को निर्णयानुसार अनुरोध गरिन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]