सप्तरी – झापाको बिर्तामोड नगरपालिका–४ स्थित ग्यालेक्सी मोटर वर्कसपमा आगलागी भएको छ । सोमबार साँझ साढे ७ बजे भएको आगलागीबाट वर्कसपमा बिक्री तथा मर्मतका लागि राखिएका ९ वटा अटो रिक्सा पूरै जलेका छन् ।
३ सय कार्टुन मोबिल, गाडीका पार्ट्स नष्ट भएका छन् । आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । आगो बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको वारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको वर्कसप सञ्चालक उमेश साहका दाजु रामनारायणले बताए ।