१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७
Sorry No Photo is selected hare

सप्तरी – सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा केशरबहादुर साउदलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले हालसम्म रिक्त रहेको योजना आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार आयोगमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ । आयोगको सदस्यमा बैतडीका मानदेव विष्टलाई नियुक्त गरिएको छ । महिला सदस्य अझै नियुक्त गरिएको छैन । यस्तै सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

सिंह संविधानसभा सदस्यसमेत हुन् । मन्त्रिपरिषद् बैठकले समितिको कार्यकारी अधिकृतमा बाजुराका भीम खड्कालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए । समितिका अन्य सदस्यहरूमा बझाङका मिश्र रोकाया, डोटीका हरि पाल थापा, अछामका लक्ष्मण खड्का र बाजुराका गणेशबहादुर शाही तथा महिला सदस्यमा डोटीकी मनीषा धानुकलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]