२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेजसम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् । एक साताअघि नै संसद्ले विधेयक पारित गरे पनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाइ गरेका थिए ।

रिपब्लिकन र डेमोक्रयाट दुवै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुवै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए ।कोरोना भाइरसका कारण उत्पन्न संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको यो दोस्रो विधेयक हो । यसअघि करिब २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो ।पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने थिए ।‘मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुन: काममा फर्कन तथा खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत पुग्नेछ,’ फ्लोरिडास्थित आफ्नो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहेका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलेसमेत दुबै सदनद्वारा पारित आमसहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्प समक्ष आग्रह गर्दै आएका थिए । त्यस्तै रिपब्लिकन सिनेटर मिट रोम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा आफू निकै खुसी भएको बताएका छन् ।एक ट्वीटमा रोम्नीले विधेयक स्वीकृत भएसगै अमेरिकी श्रमिक, परिवार र साना व्यवसायीले निकै राहत महसुस गर्ने जनाए । यसअघि आइतबार उनले राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिएका थिए ।

राष्ट्रपति ट्रम्पले विधेयक स्वीकृत गर्ने क्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६०० अमेरिकी डलरको साटो १८०० डलर दिनुपर्ने आफ्नो पूर्ववत् अडान यथावत् रहेको दोहोर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]