१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो रक्षाका लागि संसद विघटन गरेर कायरता प्रदर्शन गरेको बताएका छन् । संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रममा नेपालगञ्जमा संबोधन गरेका थापाले ‘कायर’ प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि जाल–झेल गरेको आरोप लगाए । नेपालको संविधान अनुसार संसदमा टाउको गनेर प्रधानमन्त्री बनेका ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्र र जनभावनामाथि एक्साथ कुठाराघात भएको आरोप लगाए ।

थापाले भने, “विगतमा संसदीय व्यवस्थामा देखिएको कमजोरीका कारण संविधानमा संसद विघटनको प्रावधान हटाइएको थियो । तर, प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर विघटन गरेका छन् ।” उनले विगत तीन वर्षमा ओलीले एकपछि अर्को अपराध र कुकर्म गरेर देश र जनतामाथि अपमान गरेको बताए ।थापाले देश नै अनिश्चयमा फस्ने अहिलेको अवस्था ओलीबाट मात्र आएको नभई पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि दोषी रहेको बताए । “ दाहाल, नेपाल र खनालले ओलीको कुशासनविरुद्ध मौनता साँध्नाको परिणामस्वरुप अहिलेको अवस्था आएको हो,” थापाले भने । संसद विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै ओलीको कदम नसच्चिए आगामी दिन नेपाल र नेपालीका लागि कठिन हुने उनको दाबी छ ।

“संसद विघटनको विषय अहिले अदालतमा विचाराधीन छ, म र मेरो पार्टी स्वतन्त्र न्यायालयमाथि विश्वास राख्छौं,” थापाले भने, “अदालतले विगतमा राजाको प्रत्यक्ष शासनको समयमा शाही आयोग खारेज गरेको थियो । अहिले पनि निष्पक्ष, कतैबाट प्रभावित नभई न्याय निरुपण हुनेमा विश्वस्त छौं ।”उनले केपी शर्मा ओलीले बाध्य भए मात्र चुनाव गराउने भन्दै त्यसका लागि कांग्रेसले चनाखो भएर बस्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]