२९ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७
Sorry No Photo is selected hare

सप्तरी – नेकपा (प्रचण्ड–माधव समूह)का नेता योगेश भट्टराईले न्यायापालिका कार्यापालिकाको छायाँ बन्न नहुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद्‍बारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहे पनि न्यायपालिकामाथि आशंका भइरहेको बेला प्रेस संगठन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले राज्यको एक जिम्मेवार अङ्गले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका अङ्गहरुको आ–आफ्नो भूमिका तोकिएको छ। न्यायपालिकाले कार्यपालिकाको छायाँ बन्नु हुँदैन। संविधान अनुसार काम गर्नुपर्छ।’ संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई नसमेटेर भइरहेको सुनुवाइबारे भने उनले कानुन व्यवसायीबाट विरोध भए पनि पार्टीको आधिकारिक धारणा फैसलापछि मात्र आउने प्रतिक्रिया दिए। नेकपाको नाम र चुनाव चिन्ह कस्तो हुने भन्ने विषयमा नेता भट्टराईले निर्वाचन आयोगले पनि ऐन, नियम र संविधानको व्यवस्था अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए। यद्यपि पार्टीको नाम र चुनाव चिन्ह बहुमत सदस्य भएको नै आधिकारिक पार्टी भएकाले उसैले पाउनुपर्ने व्यवस्था अनुरुप आफूहरुले नै पाउनु पर्नेबारे उनले आयोगको ध्यानाकर्षण गराएका थिए।

संसद् विघटनलाई भने उनले ठूलो ऐतिहासिक भुल र मुलुकका लागि दुर्घटनाको संज्ञा दिएका थिए। ‘यो घोर असंवैधानिक र अख्तियारको दुरुपयोग हो। यसले देशमा अस्थिरता बढाएर विदेशी चलखेल बढाएको छ।’ संविधानले परिकल्पना नै नगरेको संसद् विघटन गरेकाले शत्प्रतिशत रुपमा पुनर्स्थापना हुने उनले आशा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]