१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – लालबकैया नदी नियन्त्रण परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बिगो माग्दै सोमबार श्रीवास्तवसहित इन्जिनियर र ठेकेदार कम्पनीका प्रोप्राइटरलाई मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएका इञ्जिनियरमा पाण्डवप्रसाद देव, महादेव खिम्ती/मैनाचुली जेभीका मुख्य पार्टनर रवि सिंह, प्रवन्ध निर्देशक मदनकुमार अधिकारी र प्रतिनिधि सन्तोष श्रेष्ठ छन्। उनीहरू सबैलाई सोही बिगो र सजाय माग दाबी लिइएको अख्तियारले जनाएको छ। आयोजनाको सम्वर्द्धनमा प्रयोग हुने क्याबियन तारको गुणस्तर यकिन गरेरमात्र प्रयोग गर्नुपर्नेमा परीक्षणबिना नै प्रयोग गरी आयोजना प्रमुख र इञ्जिनियरले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

यस्तै, सर्त र सम्झौताविपरीत कम गुणस्तरको सामग्री प्रयोग गरेर ठेकेदार कम्पनीका व्यक्तिले भ्रष्टाचारजन्य कार्य गरेको देखिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]