०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आहवन गरेको प्रदर्शन शुरु भएको छ ।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद भंग गरेपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाइ आन्दोलनामा जाने घोषणा गरेको थियो ।एकैसाथ देशभरका १६५ निर्वाचन क्षेत्रमा हुने प्रदर्शनका लागि कांग्रेसले केहीदिन देखि आन्दोलनको तयारी थालेको थियो । त्यसै अनुसार सबै नेताहरुलाई आ(आफ्नो निर्वाचन क्षेत्रको क्षेत्रीय समितिले आयोजना गर्ने कार्यक्रममा सरिक हुन निर्देशन दिएको थियो ।

आजको विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने विरोध कार्यक्रममा सम्बोधन गर्दैछन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ, महामन्त्री शशांक कोइराला नवलपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भने युवा नेताहरु गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नं २ स्थित कोटेश्वरमा हुने प्रदर्शनलाई सम्बोधन गर्दैछन् ।

यसै क्रममा काठमाडौं कांग्रेसले आफ्नो तयारीलाई तीव्र पारेको छ । १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शनको तीव्र तयारी गरेको काठमाडौं कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]