२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विभिन्न विधाका १४ वटा पुस्तक सार्वजनिक गरेको छ।ती पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, डा. कुन्साङ लामा योन्जन, डा. कृष्णराज चौधरी र दिवस राईले पुस्तक सार्वजनिक गरेका छन्। पुस्तक सार्वजनिक गर्दै प्रतिष्ठानका प्रमुख दिवस राईले प्रतिष्ठानको यो कार्यले भाषा दस्तावेजिकरण हुनुका साथै संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन भएको र यी पुस्तकहरूमा भएको विभिन्न आदिवासी जनजातिहरूको विवरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई विकास रणनीति बनाउनमा ठूलो सहयोग पुग्ने योजना बताए।

यीसमेत प्रतिष्ठानले सूचिकृत आदिवासीहरूको विभिन्न भाषाका विभिन्न विधाका ४०० वटा पुस्तक प्रकाशित गरेको प्राज्ञिक शाखा प्रमुख सरिना गुरुङले जानकारी दिईन्। उनका अनुसार सूचीकृत आदिवासी जनजातिमध्ये २२ जातिको छुट्टाछुट्टै ‘जातीय चिनारी’ प्रकाशित छन्। ती पुस्तकमा सम्बन्धित जातिको चिनारी, इतिहास, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक, राजनीतिक, शिक्षा, स्वास्थ्य विषय समेटिएका छन्।आदिवासी जनजातिहरूबारे लेखिएका पुस्तक, लेखहरू समेटिएको विवरण सहितको ‘नेपाल बायोग्राफी अफ इन्डिजिनियस पिपल (जनजाति)’ पुस्तक पनि प्रकाशन भएको छ। प्रतिष्ठानले अध्ययन अनुुसन्धान भएका, विभिन्न विषयविज्ञ, अध्यता, अनुसन्धाता, लेखकले विभिन्न विधामा तयार गरेका पुस्तकहरू प्रकाशन गरेको हो। जसमा इतिहास, संस्कृति, लोकवार्ता, पाठ्यपुस्तक आदि छन्।प्रतिष्ठानले स्थापना कालदेखि विभिन्न व्यक्तिहरुले गरेको जनजाती सम्बन्धित खोजमुलक, अनुसन्धानमुलक पुस्तकहरुको प्रकाशन सहयोग गर्दै थियो। आ.व. २०७१/७२ देखि भने प्रतिष्ठान आफैले प्रकाशन गर्दै आएको छ । प्रतिष्ठानले अहिलेसम्म १४ भाषाको व्याकरण, १० भाषाको शब्दकोश, २३ भाषाको वर्णमाला प्रकाशित गरिसकेको छ।

प्रतिष्ठानले आठपहरिया, कुलुङ, कोयु, चाम्लिङ, छिन्ताङ, छिलिङ, जेरो, दुङमाली, दुमी, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ, वाम्बुले, साम्पाङ, नेवार, लिम्बु, मगर, थारू, उराँव, कुमाल, सुनुवार, गुरुङ, छन्त्याल, तामाङ, थामी, दुरा, धिमाल, मगर, ल्होमी, डोल्पो, जिरेल, राजवंशी, ताजपुरिया, किसान, दनुवार, थामी, मुगाली, बराम, मगर ढुट, मगर पाङ÷खाम, मगर काइके, याक्खा, गन्गाई, माझी, छन्त्याल लगायत मातृभाषा साहित्यका विविध विधाका पुस्तक प्रकाशित गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]