१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाभित्रको विवादले राष्ट्रियता लुटिएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता शर्माले आक्रोश पोखेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवादले नेकपा अनौपचारिक विभाजनको अवस्थामा आइपुगेको छ। नेकपा विभाजनबाट जोगाउन चिनियाँ प्रतिनिधि टोलीले काठमाडौंमा शीर्ष नेताहरुलाई भेटवार्ता गरिरहेको छ। नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्तिले चासो दिइरहेको बेलामा नेता शर्माले दिन दहाडै राष्ट्रिय स्वाधीनता लुटिएको संज्ञा दिएका हुन्। उनले भने‚ ‘दिन दहाडै राष्ट्रिय स्वाधीनता लुटाउँदै गरेको बेलामा गुटको रक्षाले के हुने हो?’

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले नेकपाका शीर्ष नेताहरुसँग तीव्र रुपमा भेटवार्ता गरिरहेको छ। चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]