०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – हिमाली जिल्ला म्याग्दीको ६ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ ।जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा इन्टरनेटको चौंथो पुस्ता अर्थात् फोरजी सेवा विस्तार गरिएको हो ।


बेनी नगरपालिकाको क्याम्पसचोक, टेलिकमको आफ्नै कार्यालय, गलेश्वर तथा पुलाचौरमा रहेको मोबाइलको बिटिएस टावरमा इन्टरनेटको फोरजी सेवा जडान गरी सञ्चालनमा ल्याइएको छ ।यसैगरी मंगला गाउँपालिकाको बराङ्जाको आल्डाँडा र झाँक्रीपानी, मालिकाको देवीस्थानस्थित रुन्मा, ओखरबोट, बिम र धवलागिरिको ताकममा रहेको बिटिएसमार्फत फोरजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।त्यस्तै रघुगंगा गाउँपालिकाको टोड्के र पाखापानी तथा अन्नपूर्णको राम्चेमा रहेको बिटिएस टावरमा पनि फोरजी इन्टरनेट जडान गरी सञ्चालनमा आएको टेलिकम कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो ।फोरजी इन्टरनेटलाई द्रुत गतिको इन्टरनेटका रुपमा चिनिन्छ । देशको सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुसार फोरजी सेवा विस्तारलाई अगाडि बढाइएको हो ।म्याग्दीका सबै स्थानीय तहमा इन्टरनेटको फोरजी सेवा पुगेपछि स्थानीय खुशी भएका छन् ।विद्युत सेवा पुगेको ठाउँमा नेपाल टेलिकमको फोरजी सेवा पुर्‍याइएको कार्यालय प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा सञ्चालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा सञ्चालन गरिने तयारी भैरहेको छ ।

विद्युत सेवा नपुगेका दुर्गम र विकट ठाउँमा पनि फोरजी इन्टरनेट जडानको क्रममा रहेकाले अहिले बिटिएस टावर निर्माणका लागि आवश्यक तयारी थालिएको कार्यालय प्रमुख शाहले बताउनुभयो ।विद्युतीकरण भएको ठाउँ तथा टेलिकमको बिटिएस निर्माण गरिएको ठाउँमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने बाँकी ठाउँमा संरचना निर्माणका साथै फोरजी जडानको क्रममा रहेको छ ।वाईम्याक्स जडान भएको ठाउँमा फोरजी सेवा सञ्चालन भएपछि वाईम्याक्सलाई फोरजी इन्टरनेटले रिप्लेस गरेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले बताउनुभयो ।इन्टरनेटको चौंथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको टेलिकमले दावी गरेको भए पनि धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा भने विद्युतीकरण पुगिनसकेको हुँदा सञ्चालन भएको छैन । त्यहाँ विद्युत पुग्नेबित्तिकै फोरजी सेवा चलाउने टेलिकमले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर मसान्तसम्म म्याग्दी जिल्लामा कुल ९१ हजार १ सय १ जना सञ्चारको पहुँचमा पुगेको टेलिकमको तथ्याङ्क छ ।फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेटका रुपमा मानिन्छ ।विदेशी मुलुकहरुमा इन्टरनेटको फाइजीलगायत सेवाको सुरुवात भैसक्दा नेपालमा भने बल्ल फोरजी सेवा विस्तार गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]