
सप्तरी – तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।
मन्त्रालय स्रोतको अनुसार आइतबार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा बुझाएका छन् ।गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो । त्यसको ठ्याक्कै ९ महिनापछि स्वास्थ्यमन्त्री रहेका ढकालको मन्त्रालय परिवर्तन भयो ।
मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेका उनको राजीनामा स्वीकृत पनि मन्त्रिपरिषदले नै गर्छ । त्यसको लागि मन्त्रालयले मन्त्रिपरिषदम राजीनमा स्वीकृतको लागि पठाउनुपर्ने हुन्छ ।