०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७
Sorry No Photo is selected hare

सप्तरी – वैज्ञानिक वन व्यवस्थापन २०७१ लागू गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय तौलिहवा र डिभिजन वन कार्यालय घेराउ गरिएको छ ।केही ब्यक्तीले गरेको बदमासीको कारण वैज्ञानिक वन व्यवस्थापन सरकारले रोकेको भन्दै जिल्लाका सामुदायिक र साझेदारी वनका उपभोक्ता सडकमा उत्रिएका हुन् । जिल्लाका विभिन्न वनबाट उपस्थित सयौं उपभोक्ताहरुले वैज्ञानिक वन व्यवस्थापन लागू गर्न माग गर्दै नारावाजी गरेका थिए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नै प्रशासन र डिभिजन वन कार्यालय घेराउ गरिएको भन्दै सरकारले निर्णय नसच्चाए थप आन्दोलनका कार्यक्रम गर्ने बैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जालकी संयोजक रेनु सेनले चेतावनी दिनुभयो ।साथै पूर्व निर्धारित कार्यक्रम अनुसारनै १४ गते गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटामा घेराउ गर्ने र १६ गते कपिलवस्तु बन्दको आह्वान गरिएको संयोजक सेनले बताउनुभयो ।नेपाल सरकारले जनताको हक अधिकार खोस्ने गरी जेठ १५ गते वैज्ञानिक वन व्यवस्थापन रोक्ने निर्णय गरेको बनका उपभोक्ता बताउँछन् ।सञ्जालका वरिष्ठ सल्लाहकार जय प्रकाश पाण्डेले सरकारले वैज्ञानिक वन व्यवस्थापन खारेज गर्दा उपभोक्ताले काठ दाउरा समेत नपाएको र वन जंगलमा भएको काठ दाउराको चोरी तस्करी बढेको भन्दै तत्काल वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने निर्णय सच्चाउन आग्रह गर्नुभयो ।

सञ्जालका सचिव सूर्य मल्लले आम उपभोक्ताको मर्मलाई नबुझी सरकारले केही दलाल तथा विचौलियाको चलखेलमा विदेशी काठलाई नेपालमा भित्राएर स्वदेशी काठलाई अलपत्र पारेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन रोक्ने निर्णय तत्काल खारेज गरी उपभोक्तालाई काठ दाउराको सहज आपुर्ती
विरोध कार्यक्रममा ज्ञापन पत्र बुझदै डिभिजन वन कार्यलयका इश्वरी पौडेलले सम्बन्धित ठाउँमा पठाउने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]