१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – सप्तरी जिल्लाका १२ महिलासहित ४० जना सहयोगापेक्षी सडक मानवको आइतबार उद्दार गरिएको छ । सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत यहाँ आइपुगेको मानव सेवा आश्रम हेटौंडाको टोलीले जिल्लाबाट १२ महिला र २८ पुरुष गरि ४० जना सडक मानवको उद्दार गरेको हो ।

उद्दार गरिएका सयोगापेक्षी सडक आश्रित मानव मध्ये १४ वर्षदेखी ८० वर्षसम्मका जेष्ठ नागरिक छन् । राजविराज नगरपालिका, रुपनी गाउँपालिका इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायतको सहयोगमा उद्दार गरिएका सहयोगापेक्ष्।ी सडक आश्रित मानवलाई आइतबारै संरक्षणका लागि बिरगंज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको सचिव सुमन बर्तोलाले बताए ।सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत गत पुस ७ देखी मेचीबाट सुरु गरिएको अभियान महाकाली पुगेर माघ ७ गते सम्पन्न हुने उनको भनाई छ ।

उद्दार गरिएका नागरिकहरुलाई केही बेर राजविराज नगरपालिकाको प्राङ्गणमा जम्मा गरि आश्रमका स्वयमसेवकहरुले सरसफाई र स्वास्थ्य परिक्षण गरेका थिए भने राजविराज नगरपालिकाले खानाको ब्यवस्था मिलाएको थियो ।राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले नगरपालिकालाई सडक मानव मुक्त बनाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नागरिक संजालका अध्यक्ष थानसिंह भंसाली, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, प्रमुख प्रशासकीय अधिकृत मदन थापा र जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डललगायतले सडकलाई मानवमुक्त बनाउन र सहयोगापेक्षीको उद्दार गरि संरक्षण गर्ने पवित्र उद्देश्यले अभियान चलाएवापत मानव सेवा आश्रमप्रति धन्यवाद व्यक्त गरे ।

आश्रमले सडक मानव पुर्नस्थापनाका लागि चलाएको अभिायन प्रशसनीय रहेको भन्दै स्थानीयहरुले यस पवित्र कार्यमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]