सप्तरी -गुल्मीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।यस वर्ष १० हजार ४५० क्षेत्रफलमा ३१ हजार १७५ मेटि्रक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष ३ हजार मेटि्रक टन उत्पादन वृद्धि भएको हो ।
गत वर्ष १० हजार ४३५ क्षेत्रफलमा लगाइएकोमा २८ हजार मेटि्रक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा गत वर्षभन्दा यस वर्ष क्षेत्रफल पनि केही वृद्धि भएको थियो ।समयमा पर्याप्त पानी पर्नुको साथै लामो समयसम्म कोरोना महामारीमा भएको लकडाउनले काम गर्ने जनशक्ति गाउँमै रहेकाले बाँझो खेतमा पनि खेती गरेकाले उत्पादन र क्षेत्रफल वृद्धि भएको हो । यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको थियो ।अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिनमध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ ।एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जातलगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ ।भने ६ हजार ६९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जसमध्ये ९ हजार ८०७ क्षेत्रफलमा बर्खे धान रोपिँदै आएको छ भने ४४५ क्षेत्रफलमा चैते धान रोप्ने गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।जिल्लामा सबैजसो ठाउँमा सिँचाइको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाँशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।
गाउँमा धेरै जनशक्ति विदेशिदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु न्ापाउनु र उत्पादन गरेरभन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछि खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि बढ्दै जान थालेको थियो ।तर यसवर्ष धेरै जसो बाँझो जमिनमा खेती गर्न फेरि सुरु भएको थियो ।