०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – प्राकृतिक बिपत्ति निम्तिरहने देशमा एक अर्गस्थानमा आउने जापानको खागोशिमामा फेरि एउटा ठूलो ज्वालामुखी बिस्फोट भएको छ। जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो। जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो।

एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ। स्थानीय समाचारहरुले एजेन्सीका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित गरेका समाचारअनुसार विस्फोटबाट ज्वालामुखीमा जलेका ठूला चट्टानहरु करिव दुई किलोमिटर टाढासम्म पुगेका थिए।उक्त टापुमा आवासीय क्षेत्र ज्वालामुखी विस्फोट भएको स्थानभन्दा चार किलोमिटरमात्र टाढा रहेको छ। स्थानीय अधिकारीहरूका अनुसार डिसेम्बर १ तारिखमा उक्त टापुमा ८१ जना बासिन्दा रहेका थिए । त्यहांको अवस्थाबारे थप विवरण आउन बांकी रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

मौसम एजेन्सीका अधिकारीहरुले ज्वालामुखी विस्फोट भएको स्थानको करिब २ किलोमिटर भित्र क्षेत्रमा ठूला चट्टानहरू खस्ने सम्भावना रहेकाले सचेत रहन चेतावनी जारी गरेका छन्। मानिसहरूलाई ज्वालामुखीको खरानी र हावामा उडाएर लैजाने साना चट्टानहरूबाट जोगिन सावधानी अपनाउन समेत आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]