सप्तरी – चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालित अपरेशन महाहण्ट–७ मा खटिएको नेपाली सेना, बादरझोला बीओपीबाट खटिएका सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले सालकको अवैध तस्करीमा संलग्न ३ जनालाई पक्राउ गरी कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।
पक्राउ परेका व्यक्तिहरुमा चितवन जिल्ला माडी न.पा. वडा नं.९ मा बस्ने केशर बहादुर तामाङ्ग, २ का शुक्रप्रसाद तामाङ्ग तथा विगतमा चितुवा मारी चितवन राष्ट्रिय निकुञ्जको फरार प्रतिवादीको सूचिमा रहेका सोही स्थानबस्ने पञ्चलालप्रजा छन् ।
अपरेशन महाहण्ट–७ अन्तरगत भइरहेका प्रयासहरुले राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।