०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनको विरुद्ध आज (सोमबार) देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट एकसाथ विरोध प्रदर्शनमा उत्रँदै छ ।सरकारबाट संसद् विघटनको निर्णय भएलगत्तै कांग्रेसले पदाधिकारी बैठक बसेर संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक संज्ञा दिएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा हुने कार्यक्रमको नेतृत्व गर्न सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उठेका उम्मेदवारलाई नै निर्देशन गरेको छ ।

सभापति शेरबहादुर देउवासहित पार्टीका केही पदाधिकारी र शीर्ष नेता भने आफ्ना निर्वाचन क्षेत्रबाहेकमा पनि सहभागी हुँदै छन् । सभापति देउवा भक्तपुर क्षेत्र नम्बर २ मा हुने विरोध प्रदर्शनमा सहभागी हुनेछन् । भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले देउवा भक्तपुर २ को विरोध प्रदर्शनमा सहभागी हुने जानकारी दिएका हुन् ।यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आइतबार नै त्यसतर्फ गएका छन् ।
यसैगरी महामन्त्री डा. शशांक कोइराला नवलपरासी १ बाट प्रदर्शनमा सहभागी हुँदै छन् । उनीसमेत त्यसतर्फ गइसकेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत काठमाडौं ५ को नेतृत्व गर्दै प्रदर्शनमा सहभागी हुँदै छन् ।

यस्तै प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौं २ को विरोध प्रदर्शनमा नेतृत्व गर्दै छन् । काठमाडौं १ को नेतृत्व पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले गर्दै छन् ।केन्द्रीय सदस्य गगन थापा नेपालगन्जबाट विरोध प्रदर्शनमा सहभागी हुँदै छन् । काठमाडौं ६ को प्रदर्शनको नेतृत्व भीमसेनदास प्रधानले गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]