२८ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहले प्रदेश २ को ८ वटै जिल्लामा आज सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

प्रतिनिधिसभा बिघटन बिरुद्ध आन्दोलनरत नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समुहले केन्द्रीय समितिको सर्कुलर अनुसार प्रदेश २ का सबै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।सप्तरी सदरमुकाम राजविराजमा आयोजित भेलामा नेकपा अध्यक्ष प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताहरुले जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएको उपलब्धी र संबिधानको रक्षाका लागि सशक्त संघर्ष गर्न तयार रहेको बताएका छन् ।
नेकपा प्रदेश २ का सहइन्चार्ज तथा पुर्वमन्त्री महेन्द्र पासवानले बिदेशी डिजाईनमा प्रतिगामी शक्तिलाई स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक निर्णय बिरुद्ध कठोर संघर्ष गर्न समेत रहेको बताउनुभयो ।
जनभावना बिपरित र कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने नियतबाट संसद बिघटन गर्ने कदम चालिएको भन्दै उहाँले प्रधामन्त्री ओलीको कदम बिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पुर्वमन्त्री उमेश कुमार यादवले जनताले कम्युनिष्ट शक्तिलाई बिश्वास गरेर दुई तिहार बहुमत दिएपनि प्रधानमन्त्री ओलीले त्यसलाई दुरुपयोग गर्दै प्रतिगामी शक्तिका लागि प्रयोग गरेको आरोप लगाउनुभयो ।
सत्ता स्वार्थका लागि अहिले कतिपय नेता कार्यकर्ताहरुले ओलीको असंबैधानिक कदमको समर्थनमा लागेको आरोप लगाउँदै बिगतमा इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताहरुको राजनैतिक रुपमा हत्या गर्ने पृष्ठभुमि भएका पात्रहरु मात्रै अहिले ओली समुहमा लागेको जिकिर गर्नुभयो ।
सो भेलामा नेकपाका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इञ्चार्ज रामप्रित पासवानले आफ्नो स्वार्थ र अहंकारका कारण प्रधानमन्त्री ओलीले संबिधान बिरोधी कार्य गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक कदम बिरुद्ध आफुहरु प्रतिबद्धत भएर आन्दोलनमा जुटेको बताउनुभयो ।
जनताको भावनासँग खेलवाड गर्ने अधिकार कसैसँग नभएको दाबी गर्दै प्रधानमन्त्रीको कदमले प्र्रतिगामी शक्तिलाई बल पुगेकोले यसका बिरुद्ध आन्दोलनमा होमिन सबैसँग आग्रह गर्नुभयो ।

नेकपा सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल(अमर) को अध्यक्षतामा आयोजित भेलामा नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले जनताको बलमा प्राप्त भएको संघीयता, समाबेशीता र धर्मनिरीपेक्षता जस्ता उपलब्धीलाई समाप्त पार्न संबिधानमाथि सरकारबाट हमला भएको आरोप लगाउनुभयो ।पार्टीको सिद्धान्त र एकताको भाव बिपरित प्रधानमन्त्री ओली हिडन थालेपछि अध्यक्ष प्रचण्ड र नेता नेपाल लगायतका नेताहरुले सम्झाउन मात्र खोज्दाँ प्रधानमन्त्रीले संबिधानलाई कुल्चिने चेष्टा गरेको आरोप लगाउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज निरञ्जन झाद्वारा सञ्चालित भेलामा नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य रुवी कर्ण, नेकपाका प्रदेश समिति सदस्यहरु महेश कुमार यादव, असर्फी सदा, छेदी रजक बिमल, देवनाथ यादव, अरुण कुमार साह, सुभाषचन्द्र झा, नारायण आचार्य, राजविराज नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल, प्राध्यापक सुशिल कर्ण लगायतले संसद बिघटन गर्ने सरकारको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकाले त्यस बिरुद्ध संघर्षको मैदानमा डटेर लाग्नुपर्ने बताउनुभयो । राजविराजस्थित नेकपा पार्टी कार्यालयमा आयोजित भेलामा करिब ५०० भन्दा अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]