१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व मन्त्री घनश्याम भुसालले विघटित प्रतिनिधि सभा तुरुन्त पुनःथापना हुनुपर्ने बताएका छन् । नत्र मुलुक अधोगतितर्फ जाने बताए । अदालतले संसद पुनस्थापना नगरे जनताले गर्ने भुसालले दावी गरे ।प्रतिनिधि सभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनःस्थापना हुनुको विकल्प नभएको भुसालको भनाइ छ । गृहनगरमा पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए ।

कार्यकारीले गरेका गलत निर्णयलाई सच्चाउनकै लागि अदालत बनेको उल्लेख गर्दै भुसालले अदालतले आफ्नो औचित्य र जनताको विश्वास जित्न पनि संसद पुनस्थापना अपरिहार्य रहेको तर्क गरे । ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पथ्र्यो र ?’ भुसालले प्रश्न गर्दै भने–‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनस्थापना गर्छ भन्ने विश्वास छ, यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनस्थापना गरेरै छाड्छ ।’भुसालले प्रतिनिधि सभा पुःस्थापना नभए संविधानको उल्लंघन शुरु हुने र मुलुकमा अस्थिरता निम्तिने धारणा राखे । नेता भुसालले संसद पुनःस्थापना भए पार्टी एकता पनि जोगिने बताए । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहना गरेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनको टिप्पणी थियो ।

नेकपाको प्रचण्ड–नेपाल समूहको जिल्लास्तरिय कार्यकर्ता भेला रुपन्देहीमा शुरु भएको छ । तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल स्थीत एक होटलमा केही बेर अघि सुरु भएको भेलामा भुसाल, ओनसरी घर्ती, विजय पौडेल, दधिराम न्यौपानेलगायतले सम्बोधन गर्दैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]