२६ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – मलेसिया सरकारले विदेशी श्रमिकहरुको लागि त्यहाँ नेपाली, बंगाली, इन्डोनेसिया, फिलिपिन्स, म्यानमारलगायतका भाषाको मोबाइल एप सुरु गर्ने भएको छ। मलेसियामा कार्यरत नेपालीसँगै विदेशी श्रमिकले आफूलाई कुनै दुव्र्यवहार भएमा त्यसका बारेमा गुप्त रुपमा सम्बन्धित सरकारी निकायमा मोबाइल एपमार्फत उजुरी दिन सक्ने गरी मलेसियामा आगामी जनवरीदेखि मोबाइल एप सञ्चालनमा आउन लागेको हो।

मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले विभिन्न देशको भाषामा उपलब्ध हुने सो मोबाइल एपले विदेशी श्रमिकको अधिकार र कामको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने लक्ष्य राखेको बताएका छन्।

उनले हालसम्म विदेशी श्रमिक सरकारसँग सिधा नजोडिएको भन्दै सोका कारण आफूलाई दुव्र्यवहार हुँदा पनि उनीहरुले उजुरी गर्न नसकिरहेको बताए। साथै, उनले नयाँ आउने मोबाइल एपमा दोहोरो सञ्चार गर्न सकिने प्रबन्ध हुने जनाएका छन्।

मुख्यत मलेसियामा आप्रवासी श्रमिकलाई भनेअनुसारको काम तथा तलब नदिइने, उचित बसोबासको प्रबन्ध नहुने तथा अतिरिक्त कामको अतिरिक्त पारिश्रमिक नदिने मुख्य समस्या छन्। त्यस्तै, रोजगारदाताले मानसिक तथा शारिरीक दुव्र्यवहार गर्दै काम गर्न बाध्य पार्ने गरेको घटना समय समयमा सार्वजनिक हुने गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]