१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – कञ्चनपुरमा ताला लगाएर बन्द गरेको पार्टी कार्यालयमा कार्यक्रम गर्ने भन्दै पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र सोही पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताबीच ‘धकेलाधकेल’ भएको छ।

केहीबेर स्थिति तनावग्रस्त भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अम्बरबहादुर थापाले बताए।

“अहिले पार्टी कार्यालयबाहिर करिब डेढ सयको सङ्ख्यामा छन् र धकेलाधकेलपछि चुपचाप बसिरहेका छन्,” उनले देखापढीसँग भने, “एक पक्षले अर्को पक्षलाई कार्यक्रम गर्न नदिने भनेपछि तनाव भएको हो र अहिले माथिल्ला तहका नेताहरूसँग दुवै पक्षले फोन गर्दै समन्वय गरिरहेका छन्।”

पार्टी कार्यालयमा ताला लगाउने चाहिँ ओली पक्ष हो। ताला लगाएको कार्यालयमा ताला फोडेरै भए पनि कार्यक्रम गर्ने भनेर पुगेकाहरू ‘प्रचण्ड-नेपाल’ समूहका हुन्।

यसैबीच अहिले जिल्ला सुरक्षा समितिको बैठक पनि बसिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]