सप्तरी – उत्तरी छिमेकी राष्ट्र चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।
सो टोलीले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् ।