११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – दाङको तुलसीपुरमा गएराति ४ जनाको अपरिचति समूहले चालकलाई खुकुरी प्रहारगरी अटो लुटेर लगेको छ । तुलसीपुरको नयाँ बसापर्कबाट भाडामा लिएर राप्ती बबई क्याम्पस नजिकै लगेर खुकुरी प्रहार गरी रा१ह २५४६ नम्बरको अटो, २५ सय नगद, मोबाईल र घडी लुटेर लगेको पीडित तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुर निबासी २६ बर्षका तेज बहादुर नेपालीले जानकारी दिए ।

‘राती करिब १० बजे ४ जना आएर हामीलाई राप्ती बबई क्याम्पस नजिकै लगि दिनुप¥यो भनेपछि उनिहरुलाई अटोमा बसालेर लगे,’ घाइते अटो चालक नेपालीले भने–‘क्याम्पस नजिकै गएपछि राकेर एक्कासी टाउकोमा खकुरी प्रहार गरेर अटो, मोबाइल, २५ सय र घडी लुटेर लगे ।’ घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेको ४ ठाउँमा गहिरो चोट लागेको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । खुकुरी प्रहार गरेर अटो, पैसा, मोबाईल र घडि लुटेर लगेको उजुरी आएको बताउँदै डिएसपी शिवबहादुर सिंहले खोजी कार्य तिब्र पारेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]