सप्तरी – स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य भन्दा बाहिरका सचिव नियुक्त गरिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वाथ्यकर्मीहरु प्लेकार्डसहित मौन धर्नामा बसेका छन् ।
स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संस्थाहरुको संयुक्त संघर्षसहितको आयोजनामा आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम भएको छ । उनीहरुले स्वास्थ्य मन्त्रालयमा सोही क्षेत्रका सचिव नियुक्त गर्नु पर्ने मागसहित सरकारसँग कोरोना भाइरस विरुद्धको खोप कहिले आउँछ भनेर प्रश्न समेत गरेका छन् ।
कोभिड–१९ को महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मी तर्फ सरकारको ध्यान नगएको उनीहरुले आरोप लगाएका छन् । सरकारले पर्याप्त मात्रामा पीपीईको व्यवस्था समेत गर्न नसकेको उनीहरुले बताएका छन् ।