१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका एक जना बिरामी भागेका छन् ।पुस ८ गते कोरोना पोजेटिभ देखिएका बुटवल १३ का ५५ वर्षीय पुरुष आइतबार बिहान शौचालय गएर नफर्किएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

‘अक्सिजन नलगाइकन औषधि उपचार भइरहेको थियो,’ उनले भने, ‘बिरामीले घर जाने भनी शनिबार साँझदेखि नै भनिरहनु भएको थियो ।’ आइतबार परिवारका सदस्य बोलाइ सल्लाह गर्ने भनिएको भन्दै उनले बिहान ६ नबज्दै शौच गर्न गएका बिरामी भागेको बताए ।

बिरामीले शनिबार साँझ आफूलाई अस्पतालबाट घर लैजान भनेको उनकी श्रीमतीले बताइन् । ‘शरीरदेखि धेरै रगत निकालेका छन् भन्नुभएको थियो,’ उनले भनिन्, ‘आईसीयूको बिरामी एक्लै बाहिरको शौचालय कसरी जान सक्छ ?’ आइतबार बिहान आफूले बिरामीसँग सम्पर्क गर्न खोज्दा बिरामीको मोबाइल बन्द रहेको उनले बताइन् ।अस्पताल प्रशासनका अनुसार ती बिरामीको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]