सप्तरी – लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रवीन्द्र बहादुर धानुकले सरकारले तोकेको मिति चुनाव सम्पन्न गराउन तयार रहेको बताएका छन्।शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको मन्दिर उद्घाटन गर्दै धानुकले यस्तो बताएका हुन्।
‘वैशाखमा हुने भनिएको चुनाव शान्तिपूर्ण रूपले सम्पन्न गर्न लुम्बिनी प्रदेश प्रहरी सक्रियताका साथ लाग्छ,’ उनले भने, ‘नेपाल प्रहरीले प्रदेशका १२ जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, चुरे दोहन रोक्न र राजस्व छली रोक्नका लागि शून्य सहनशील भई काम समेत गरेका छ।’धानुकले पारदर्शिता का साथ कानुनी रूपमा कठोर हुँदै सरल व्यवहारका साथ कार्य सम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रहरीले जिल्लामा अहिलेसम्मकै उत्कृष्ट काम गरेको दाबी गरे।
कोभिडसँग लड्दै प्रहरीले राजस्व सङ्कलन, फरार अपराधी पक्राउ, सचेतना मूलक अभियान, लागुऔषध नियन्त्रणमा विगतको भन्दा सफलता पाएको अधिकारीले बताए।