
सप्तरी – नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछि जापानले नेपालसहितका दर्जनौ मुलुकमाथि प्रतिबन्ध लगाएको छ । पहिलाे पटक बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस जापानमा सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो । युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका अधिकांश मुलुकमाथि जापानले प्रतिबन्ध लगाएको छ ।
एसियाका थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशबाहेक बाँकी सबै मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा जापानले रोक लगाएको हो । नेपाली समेत अर्को निर्णय नहुँदासम्म जापान प्रवेश गर्न नपाउने भएका छन् । जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो।