१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गरेको हो।

रातीको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको बताइएको छ। ‘हाम्रो टोली देख्ने बित्तिकै अवैध बिँडी ल्याइरहेका बिँडी छोडेर भागे। हामीले बिँडी बरामद गरेर ल्यायौं’, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले भने। सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले जानकारी दिए । बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको उनले बताए। सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म ३ लाख बढीको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाइसकेको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथामका लागि सशस्त्र प्रहरीले नियमित रुपमा गस्ती गरिरहेको सशस्त्र प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि रोक्नका लागि बिओपी मार्फत पनि गस्ती गरिरहेको उनले बताए। जिल्लाका तीन ठाउँमा बिओपी मार्फत सशस्त्र प्रहरीले सेवा दिइरहेको उनको भनाइ छ। बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा सशस्त्र प्रहरीको बिओपी रहेको छ। बिओपी मार्फत सीमा क्षेत्रमा नियमित गस्ती भइरहेको पनि साउँदले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]