१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – कोरोना संक्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनर्निर्माणको कामले गति लिएको छ । आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज चलाउने तयारीसमेत भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम थालेको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले बताए । ‘सडक र अन्य क्षेत्रमा जस्तो ठेकेदारबाट अप्ठ्यारो परेको छैन, बरु उनीहरु पनि समयमै सक्ने लक्षमा काम गरिरहेका छन्,’ ओझाले भने, ‘समयमै काम सकेर हामीले नियमित जहाज उडाउने योजना पनि बनाएका छौं ।’ प्राधिकरणले ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी’ सँग सम्झौता गरेपछि ठेकेदारले ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रे गरिसक्ने बताए ।२०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित उडान भइरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । २०७२ सालमा तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र बिष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि जहाज आएको थिएन ।

दुई वर्षअघि झण्डै हिउँदका ६ महिना जहाज चलेको थियो । कच्ची धावनमार्गका कारण चिप्लो भएपछि वर्षातमा उडान रोकिएको थियो । हिउँदमा पनि मुसाले प्वाल पार्दा रनवे बिग्रेपछि कालोपत्रे गर्न लागिएको हो ।आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने इन्जिनियर चिरन्जीवी खड्काले बताए । ‘चिसो समय भएकोले कालोपत्रेका लागि फागुन चैन कुर्नुपर्ने भयो,’ उनले भने, ‘सम्याउने, ग्राभेल गर्ने जस्ता काम एक महिनामा सकिन्छ ।’ ठेकेदार कम्पनीले बलेवा र पर्वतको मोदीखोलामा पनि क्रसर मेसिन राखेर गिटी ग्राभेल बनाइरहेको छ ।विमानस्थलमा ६ सय २० मीटर लामो पक्की नाली बनाउने, मैदानमा १ हजार ५ सय मिटर लामो घेराबार लगाउने, एउटा मुख्य गेट र अर्को आपत्कालीन गेट बनाइनेछ । दमकल र एम्बुलेन्स सेवाका लागि आपत्कालीन गेट प्रयोग हुने खड्काले बताए । ‘लागत इस्टिमेटमा संशोधन गरेर केही काम थपिएको छ,’ खड्काले भने, ‘काम थपिए पनि समय थप्दैनौं ।’मैदान सम्याउने क्रममा टावर र पार्किङस्थलमा झण्डै ६० मिटर लम्बाइ र २४ मिटर चौडामा ६ मिटर अग्लो पर्खाल, भर्‍याङ र र्‍याम्प बनाउनुपर्ने भएको उनले बताए । त्यसका लागि समयमै माग पठाएकोले प्राधिकरणले पनि छिटै संशोधन गरेर पठाउने तयारी गरेको ओझाले जानकारी दिए ।

मैदानको सबै भाग १ किलोमिटर लामो छ । तर हाल ६ सय २० मिटर लामो, २० मिटर चौडा कालोपत्रे गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाजहरु चल्ने आकलन गरेर मैदान पुनर्निर्माण भएको हो । आपत्कालीन अवतरण गर्नु परेमा ५४ सिट क्षमताका जहाज पनि पार्किङ गर्न सकिने खड्काले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]