१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – संघीय राजधानी काठमाडौंसँग सीधा हवाई उडान हुँदै आएको कर्णालीको एकमात्र सुर्खेत विमानस्थलको विस्तारमा विवाद उत्पन्न भएको छ। केन्द्र र प्रदेश सरकारको संयुक्त लगानीमा विमानस्थलको विस्तार प्रक्रिया अगाडि बढाइएको छ। तर, प्रभावित क्षेत्रका नागरिकले आफूहरूको उचित पुनस्र्थापना नभएसम्म विस्तारको काम गर्न नदिने बताएका हुन्।

यो विमानस्थलमा ठूला जहाज अवतरण गराउन र रात्रिकालीन उडान सञ्चालनका लागि विमानस्थल विस्तार गर्न लागिएको छ। यसका लागि ३० बिघा जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढाइएको छ। तर, सरकारले आफूहरूको पुनस्र्थापनाका लागि उपयुक्त विकल्प नदिएरै काम अगाडि बढाएको भन्दै स्थानीयले कुनै पनि हालतमा विमानस्थल विस्तार हुन नदिने निर्णय गरेका छन्। स्थानीयले नागरिक सरोकार समिति नै गठन गरेर विस्तारको काम गर्न नदिने निर्णय गरेका हुन्।

विमानस्थल विस्तार गर्दा अमरज्योति मावि, अमरदीप क्याम्पस र ठूलो संख्यामा स्थानीय बासिन्दा विस्थापित हुनेछन्। तर, आफूहरूसँग समन्वय नै नगरेको, विमानस्थल विस्तारको औचित्य प्रष्ट पार्न नसकेको, पुनस्र्थापना र मुआब्जाबारे उपयुक्त विकल्प नदिएको र विमानस्थल विस्तारमा हुने सरकारी लगानीभन्दा नयाँ स्थानमा विमानस्थलको खोजी गरेमा कम लगानी लाग्ने भन्दै स्थानीयले काम गर्न नदिने अडान लिएका छन्। साथै उनीहरूले यसबारे स्थानीय प्रशासन, नागरिक उड्डयन कार्यालय र प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएका छन्।स्थानीयलाई पुनस्र्थापनाको विकल्प नै नदिएर काम अगाडि बढाइएकाले विमानस्थल विस्तार गर्न नदिने निर्णय भएको वीरेन्द्रनगर वडा नं. १० का वडाध्यक्ष रत्नबहादुर बुढाले जानकारी दिए। ‘प्रभावितलाई पुनस्र्थापनाको विकल्प बिनै विमानस्थल विस्तारको काम थालिएको छ’, उनले भने, ‘स्थानीयलाई पुनस्र्थापनाको विकल्प नदिएरै काम थालेकाले स्थानीय योे निर्णय गर्न बाध्य भएका हुन्।’ सरकारले उपलब्ध गराउने मुआब्जा रकमले पुनस्र्थापना हुन नसक्ने भएपछि विमानस्थलको विकल्प खोज्न आग्रह गरिएको वीरेन्द्रनगर वडा नं १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले बताए। उनले भने, ‘विमानस्थल विस्तारपछि स्थानीय सुकुमबासी हुनुपर्ने अवस्था छ, यही कारण स्थानीयले विमानस्थलको विकल्प खोज्न आग्रह गरेका हुन्।’ विमानस्थल विस्तारको काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले टीकाराम आचार्यको संयोजकत्वमा नागरिक सरोकार समिति गठन गरेका छन्। जिल्ला प्रशासन कार्यालय, सुर्खेत विमानस्थल, प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो नयाँ विकल्प खोज्न आग्रह गरेको सरोकार समितिका संयोजक आचार्यले बताए। विमानस्थल विस्तार गर्र्नै परे प्रभावित स्थानीयको पुनस्र्थापना गरेर मात्रै काम अगाडि बढाउनुपर्ने समितिको माग छ। विमानस्थल विस्तार गर्नुपर्ने अवस्था आए ठाडोको सट्टा तेस्रो धावनमार्ग हुनेगरी विस्तार गनुपर्ने स्थानीयको सुझाव छ। यसो गरिए थोरै जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको भनाइ छ।

यता नागरिक उड्डयन कार्यालय सुर्खेतले जग्गाको किनबेच, नयाँ संरचना निर्माण, हक स्थानान्तरण र धितो बन्धकलगायत काम रोक्का गर्न आग्रह गरेको छ। यसअघि प्रदेश सरकारले आयोजना गरेको सर्वपक्षीय बैठकले विमानस्थल विस्तार गर्दा अधिग्रहण क्षेत्रभित्र पर्ने जग्गा रोक्का गर्ने निर्णय गरेको थियो।

सोही बैठकको निर्णयअनुसार ३० बिघा जग्गा रोक्का गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको हो। विमानस्थल विस्तारका लागि हाल प्राविधिक टोलीले विस्तृत अध्ययन गरिरहेको सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए। प्रदेश सरकारका प्रवक्ता विमला केसीले स्थानीयको माग सम्बोधन गरेर विमानस्थल विस्तार गरिने बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]