०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७
Sorry No Photo is selected hare

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि यसको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । सोही असरस्वरूप बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।आजको राजधानी दैनिक लेख्छ– प्रधानमन्त्री केपी शर्मा ओली प्यानलका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । बागती प्रदेशमा नेकपाको ८० जना सांसद रहेका छन् । बाग्मती प्रदेशमा ओलीतर्फका ३३ जना मात्र सांसद रहेका छन् । यसले बाग्मती प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो देखिन्छ तर नयाँ सरकार गठनका लागि दुवै समूहसँग पर्याप्त संख्या रहेको छैन ।

बाग्मती प्रदेशसभामा जम्मा १ सय १० जना सांसद रहेका छन् । नेकपाभित्रको किचलोले अब नयाँ सरकार निर्माणका लागि २२ सांसद रहेको नेपाली कांग्रेसको समर्थन अनिवार्य बन्ने देखिन्छ । नेकपाका सांसद दुई खेमामा विभाजित भएपछि कांग्रेस निर्णयक शक्ति बन्न पुगेको छ ।

प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । जसका लागि प्रचण्ड–नेपाल समूहलाई कांग्रेसले साथ दिएमा सहज रूपमा प्रदेश सरकार बन्ने देखिन्छ । प्रचण्ड–नेपाल समूहमा ४५ र कांग्रेसका २२ जना सांसद एक भए नयाँ सरकार गठनका लागि आवश्यक बहुमत (६७ जना) पुग्ने देखिन्छ । प्रचण्ड–नेपाल समूहले अघि सारेको अष्ठलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्न आफ्नोबाहेक ११ मत आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]