सप्तरी – आज तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ। आज तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ।
हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ। दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने विभागको भनाइ छ।