२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाउनसिफारिस गरेका छन् ।सह–संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिएका हुन् ।
‘अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाही अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत उभिएको आरोप लगाइएको छ ।

‘अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल बनाउँदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजन किर्तन गर्ने काममा मात्र तल्लिन हुन थाल्नुभयो । उहाँले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुटपरस्त गतिविधि जारी राख्नुभयो । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरित उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो’, विज्ञप्तिमा कारबाही गर्नुपर्ने कारणबारे खुलाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]