१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी: भित्री मधेस क्षेत्र जोड्ने दैजी–जोगबुडा सडक विस्तारले गति लिन थालेको छ । डडेल्धुरा र कञ्चनपुर जोड्ने छोटो दूरीको सडक सुदूरपश्चिम सरकारले विस्तार गर्न थालेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीदेखि डडेल्धुराको परशुराम नगरपालिकाको गैरिखान जोड्ने सडक विस्तारको कामले तीव्रता पाएको जनाएको छ । चालू आर्थिक वर्ष ०७७/७८ मा पूर्वाधार विकास कार्यालय, कञ्चनपुरमार्फत ट्र्याक खोल्ने, पर्खाल लगाउने, ह्युमपाइप र ढल निकासको काम भइरहेको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनी वाइआर उच्चकोटी जेभीले चार महिनामै निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

६ किलोमिटर सडक विस्तारका लागि साउनमा वाइआर उच्चकोटी जेभी र पूर्वाधार विकास कार्यालयबीच निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अवधिअगावै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ । अहिले दैनिक दुई सय मजदुरले काम गरिरहेका छन् ।

डडेल्धुराको मलासदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ३० किलोमिटर छ । त्यहाँबाट डडेल्धुरा सदरमुकाम पुग्न ९० किलोमिटर यात्रा गर्नुपर्छ । यो सडक विस्तार हुन थालेपछि भित्री मधेसका बासिन्दा खुसी भएका छन् ।

महेन्द्रनगर आवतजावत गर्न सहज हुने परशुराम नगरपालिका–७ लामिगडाकी गोमादेवी बोहराले बताइन् । ‘पहिले यो सडक गोरेटोजस्तै थियो, हिँड्न पनि डर लाग्थ्यो । कहिलेकाहीँ राति जंगलमै बस्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले सडक विस्तार भएसँगै सजिलो भएको छ ।’ सडक विस्तारसँगै यातायातका साधन सञ्चालनमा आउने भएपछि आवतजावतका साथै व्यावसायिक कामका लागि सजिलो हुने उनको विश्वास छ ।

लामिगाडाकै सुदीप भट्टले सडक विस्तारपछि भित्री मधेस क्षेत्रका जनताको आर्थिक सामाजिक रूपान्तरणमा सहयोग पुग्ने बताए । ‘भित्री मधेस क्षेत्रमा थुप्रै तरकारी तथा अन्नबाली उत्पादन हुन्छ,’ उनले भने, ‘हाम्रा लागि महेन्द्रनगर नै नजिकको बजार हो, सडक बनेसँगै हाम्रो उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुन्छ ।’

सडक विस्तारको कामको बेदकोट नगरपालिकाले अनुगमन गर्दै आएको छ । बेदकोटका मेयर अशोककुमार चन्दले सडक विस्तार अति आवश्यक रहेकाले सडक सुधारसँगै भित्री मधेस क्षेत्र पूर्व–पश्चिम राजमार्गसँग जोडिने बताए । यसले भित्री मधेस क्षेत्रका बासिन्दाको सामाजिक, आर्थिक विकासमा पनि टेवा पुग्ने उनको भनाइ छ ।

निर्माण कम्पनी वाइआर उच्चकोटी जेभीका प्रबन्ध निर्देशक नीरञ्जनप्रसाद भट्टले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गरिने बताए । ‘गुणस्तर र काममा कुनै सम्झौता हुँदैन । सालका रूख छाडेर सर्प स्टाइलमा नाला निर्माण गरेका छौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]