सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पार्टीले आह्वान गरेको देशभर प्रदर्शनमा सहयोग गर्ने सबै जिल्लामा परिपत्र गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हठात संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ । उक्त आन्दोलनलाई प्रभावकारी बनाउन अध्यक्ष जितजंग बस्नेतले आज एक पत्र पठाउँदै सबै जिल्ला समितिहरुलाई निर्देशन दिएका हुन् ।
त्यस्तै पुस १६ गते पार्टीले देशभर मनाउन लागेको राष्ट्रिय एकता दिवसका अवसरमा समेत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्न समेत अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
“प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टीको के।पी। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यहि २०७७ साल पुष १३ गते सोमवार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नुरगराउनुहोला । साथै २०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै दलको त्यस जिल्ला समितिले पार्टीको कार्यक्रम संग नजुधने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन यो परिपत्र गरिएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।