१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – लुम्बिनी प्रदेशभित्र रहेका पालिकामध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेकोमा अर्घाखाँचीको पाणिनी गाउँ पालिका पुरस्कृत हुने भएको छ ।

प्रदेशभित्र रहेका १ सय ९ वटा पालिकामध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनी गाउँपालिकाले उत्कृष्ट काम गर्न सफल भएको हो । गाउँपालिकाका अध्यक्ष अच्युत गौतमल कृषि र पशुपालन विना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनु भयो । पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै ३ करोड रुपैयाँ रकम विनियोजन गरिएको गौतमले बताउनुभयो ।यस वर्ष गाउँपालिकाले दूधमा प्रति लिटर पाँच रुपैयाँ अनुदान दिने भएको छ । गएको वर्ष दूधमा प्रति लिटर २ रुपैया ५५ पैसाका दरले अनुदान दिएको थियो । गाउँपालिकामा १० वटा डेरी र ५ वटा पोल्ट्री फर्म सञ्‍चालनमा छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा अस्ट्रेलियाबाट २५ वटा शतप्रतिशत बोयर जातको बाख्रा ल्याएको थियो । आफ्नाे गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लागिएको अध्यक्ष गौतमले बताउनुभयो । अहिले यहाँ २३ वटा बोयर पाठापाठी हुर्केका छन् ।

बाख्राका पाठापाठी अहिलेलाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्था समेत गरिएको छ । अड्गुरी मैदान र पोखराथोक गरी ३ वटा स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्राको बीमा, दाना औषधि उपचार र खोर निर्माणमा पालिकाले खर्च दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]