०१ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – गत २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माण अन्तर्गत ढलान गर्न अब २ तला मात्रै बाँकी रहेको छ ।

धराहरा पुननिर्माण अन्तर्गत अहिले २० औं तलाको ढलानको काम भइरहेको छ । अब २ तलाको ढलान सकिएपछि ढलानको कार्य सम्पन्न हुनेछ ।राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुसिल ज्ञवालीले यसै आर्थिक वर्षभित्र पुननिर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जनाएका छन् । अहिले २० औं तलामा बन्ने बारदली निर्माणको काम भइरहेको उनको भनाई छ ।धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माण, टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्य तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुनेछ भने ७२ मिटर उचाइको हुने निर्माण कम्पनीले जनाएको छ । विसं १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२, १२ वैशाखको विनाशकारी भूकम्पले ९ तलाको धरहरा पनि पूर्ण रुपमा भत्काइदिएको थियो ।भूकम्पले भत्काएपछि जीआईईटीसी–रमन जेभीले धराहराको पुननिर्माणको काम गर्दै आएको छ । तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुनर्निर्माण भइरहेको हो । भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

बृहत् धरहरा पुनर्निर्माणको क्रममा अहिले हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराएर पुननिर्माणको भइरहेको छ । उक्त ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको माग अनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद राजुमान महर्जन बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]